अछाममा झडप : मतपेटिका तोडफोड गरिनुका साथै मतपत्रसमेत च्यातिए

३ बर्ष अगाडि

अछामका दुई मतकेन्द्रमा निर्वाचन स्थगित भएको छ।  अछामको पञ्चदेवल विनायक नगरपालिका ५ लयाटी र साँफेबगर नगरपालिका १३ बाब्लामा मतदान स्थगित भएको हो। 

लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र गठबन्धनका उम्मेदवारपक्षबीच झडप भएको थियो। 

त्यसक्रममा मतपेटिका तोडफोड गरिनुका साथै मतपत्रसमेत च्यातिएका छन्। त्यसक्रममा चार जना घाइते भएको जनाइएको छ। 

यस्तै, साँफेबगर नगरपालिका १३ बाब्लामा कांग्रेस(नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच बिबाद भएपछि मतदान स्थगित भएको हो। 

मतदान पुनःसुरु गर्ने विषयमा सहमति खोज्नका लागि सर्वदलीय बैठक बसिरहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया