काठमाडौं - बझाङको जयपृथ्वी नगरपालिका(७ मा रहेको मतदानस्थलमा रहेको मत पेटिका फुटाइएको छ ।
मतपेटिका फुटाएपछि नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । तनावग्रस्त अवस्था भएपछि नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ।
यस्तै बैतडीमा मतदाता कुटपिट गर्ने चार जना पक्राउ परेका छन् ।बैतडीको सुर्नया गाउँपालिका–२ वासुदेव मावि लिस्किटा मतदान केन्द्रमा मतदातामाथि कुटपिट गर्ने चार जना पक्राउ परेका हुन् ।
प्रतिक्रिया