भ्रेको चौंरीदेउरालीमा झडप, मतपेटिका बाहिर ल्याएर तोडफोड

३ बर्ष अगाडि

काठमाडौैं - काभ्रेको चौंरीदेउराली गाउँपालिका (६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ  ।

एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप लिँदा झडपको स्थिति आएको हो । झडपपछि भिडले मतपेटिका बाहिर ल्याएर तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले विवादका क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको जानकारी दिए । 

यो सँगै मतदान प्रकिया स्थगित भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया