शिखर इन्स्योरेन्सले ९ महिनामा कति कमायाोे नाफा ?, यस्तोे छ सार्वजनिक वित्तिय विवरण !

३ बर्ष अगाडि

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ४.४८ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म कम्पनीको पुनर्बीमा कमिसनबापतको आय ४९ करोड ८० लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा यस्तो आय ४६ करोड ४९ लाख रुपैयाँ रहेको थयो । कम्पनीको आय लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १२ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आय १३ करोड ३५ लाख रुपैयाँ थियो । 

समीक्षा अवधिसम्म कम्पनीले ६२ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६४ करोड २ लाख खुद दाबी भुक्तानी गरेको थियो  । समीक्षा अवधिमा दाबी भुक्तानी १.८१ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.०४ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा ३६ करोड ३३ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ३६ करोड ७० लाख रुपैयाँ भएको छ । कम्पनीको व्यवस्थापन खर्च बढेर ३६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २० करोड ५४ लाख रुपैयाँमा सीमित थियो  ।

कम्पनीको बीमा कोषको आकार १९।३५ प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुुगेको छ । गत वर्ष यही अवधिमा बीमा कोषमा १ अर्ब २३ लाख रुपैयाँ रहेको थियो । गत वर्ष यही अवधिमा ६१ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार २२३३ प्रतिशतले बढेर ७५ करोड ५५ लाख रुपैयाँको उचाइमा पुुगेको छ । 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी २८.२२ रुपैयाँ, पीई अनुपात ४१।४६ गुणा र प्रतिसेयर नेटवर्थ २५५.९६ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया