काठमाडौं - हुम्लाको एउटा मतदान केन्द्रमा दुई उम्मेदवारका प्रतिनिधिहरुबीच झडप भएको छ । झडपमा मतदान अधिकृत घाइते भएका छन् ।
चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा हानाहान भएको हो । गठबन्धन र अध्यक्षका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षबीच भएको हानाहानमा अरु दुई जना कर्मचारी पनि घाइते भएको बताइएको छ ।
झडप पछि प्रहरीले हवाइफायर गरेको छ ।
प्रतिक्रिया