आम्दानी बढेसँगै निफ्राको खुद नाफा बढ्न पुग्यो, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड निफ्राले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२५.८८ प्रतिशत बढी हो  । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो  ।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी २५।४३ प्रतिशत बढेको छ भने कुल आम्दानी २८.५४ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा २२.५१ प्रतिशत बढेको छ ।

कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा ५ प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग ३६४।९७ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २७ पैसा बढेर ४ रुपैयाँ २४ पैसा पुगेको छ । 

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४६.३० गुणा रहेको छ ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया