तीन जीवन बीमा कम्पनीले गरे मर्जर सम्झौता

३ बर्ष अगाडि

काठमाडौं - तीन जीवन बीमा कम्पनीहरुले एक आपसमा मर्जरका लागि सम्झौता गरेका छन् । 

विहीबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसरमा गाभिने गाभ्ने र मर्जरका लागि एक कार्यक्रबीच सम्झौता गरेका हुन् । 

निर्जीवन बीमा कम्पनीहरुले मर्जरका लागि सम्झौता गरेसँगै यी तीन जीवन बीमा कम्पनीहरुले पनि नेपालमा पहिलो पटक मर्जरका लागि सम्झौता गरेका छन् ।

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । 

यी तीन कम्पनीले एक बराबर १ को अनुपातमा शेयर आदानप्रदान गरेको खण्डमा मर्जर भएपछि चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार हुनेछ । अर्थात यी तीन कम्पनी मर्जरपछि नेपाल लाइफपछि दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी बन्नेछन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया