नागरिकता लिने भारतीय कारागार चलान

७ बर्ष अगाडि

इनरुवा – झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाइएको छ । 

भारत घर भई सुनसरीको हरिनगर गाउपालिका– ३ गौतमपुरबाट झूठो विवरण पेश गरेर नागरिकता लिएका गुरुदयाल साह भन्ने सन्तोषकुमार साहलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको हो । 

जिल्ला अदालत सुनसरीका न्यायाधीश शङ्करबहादुर राईको इजलासले साहलाई र्पुपक्षका लागि कारागार पठाउने आदेश दिएको हो । साहलाई नागरिकता ऐन २०६३ को दफा २१(१) बमोजिम पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा पठाइएको वादी नेपाल सरकारकोतर्फबाट बहस गर्नुभएका अधिवक्ता शङ्करप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

शहीद दिवसका अवसरमा हाजिर जवाफ सम्पन्न 
शहीद दिवसका अवसरमा बुधबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अन्तर सामुदायिक माध्यमिक विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 

जनसेवा उत्थान केन्द्र भोक्राहा सुनसरीको आयोजनामा अन्तर सामुदायिक माध्यमिक विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा त्रिभुवन मावि इनरुवा– ८ प्रथम, महेन्द्र मावि बराह सात दोस्रो, सारदा मावि भोक्राहा एक तेस्रो र कोशी मावि बराह आठ सान्त्वना भएको आयोजक संस्थाका अध्यक्ष सुनीलकुमार साहले जानकारी दिनुभयो । 

प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएकालाई पुरस्कार वितरण गरेको आयोजकले जनाएको छ । हाजिरजवाफ प्रतियोगिता विजयी भएका प्रतियोगीलाई १ नं प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, प्रदेशसभा सांसद हाजी ताहिर अन्सारीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा सुनसरी क्षेत्र नं ४ भित्र रहेका १८ सामुदायिक विद्यालय र दुई मदर्शा गरेर २० वटा विद्यालयको सहभागिता रहेको थियो । 

७ बर्ष अगाडि

प्रतिक्रिया