एभरेष्ट इन्स्योरेन्सको नाफा २६.२१ प्रतिशत घट्यो, बीमा शुल्क कति ?

३ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ९४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६.२१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क भने १२.०१ प्रतिशतले बढेर ४३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १३ करोड २६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ९ लाख रुपैयाँ र बीमा कोषमा ४६ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा, प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात ४८.१५ गुणा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया