युनिलिभर नेपालको आम्दानी घटेसँगै खुद नाफा घट्न पुग्यो, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - युनिलिभर नेपाल लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २२ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४.९३ प्रतिशत घटेका छ भने कुल आम्दानी ३.५१ प्रतिशत घटेको छ । यता कम्पनीको बुल आम्दानी ६।७६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको जगेडा कोष २०.११ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४६ रुपैयाँ ५१ पैसा घटेर ३१९ रुपैयाँ ७ पैसामा झरेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार १८२ रुपैयाँ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया