बझाङको सदरमुकाम चैनपुरमा सरकारको बिरुद्ध बिहिवार राती नेपाल विद्यार्थी संघले बिरोध गर्दै राँके जुलुस प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघले सरकारले गरेका विभिन्न कामको बिरोध स्वरुप सदरमुकाम चैनपुरमा राँके जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो ।
नेपाल बिद्यार्थी सँघले निर्मला पन्तको हत्यारालाई कारवाही, अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने लगायतका माग गर्दै विरोधमा उत्रिएको नेबि संघका जिल्ला अध्यक्ष दिपक भण्डारीले बताए ।
प्रतिक्रिया