प्राइम लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, कस्तो छ सूचक ?

३ बर्ष अगाडि

काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा २२ करोड ८६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा  १७ प्रतिशतको गिरावट आएको छ।

कम्पनीले ९ महिनाको अवधिमा ३ अर्ब ५५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।  कुल बीमा शुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ११ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

२ अर्ब ७७ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५० करोड ५४ लाख रकम छ भने जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड रकम रहेको छ।  जीवन बीमा कोष २५ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ०९ पैसा छ भने प्रति शेयर नेट्वर्थ १२४ रुपैयाँ ५४ पैसा छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया