एजेन्सी - आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न स्थायी सरकारी प्रयासपछि चीनको उत्पादक मूल्य सूचकांक ९पीपीआई० मा कमी आएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिए)ले जनाएको छ ।
ब्यूरोका अनुसार अप्रिलमा पीपीआई सूचकाङ्क अघिल्लो बर्षको सोही महिनाको तुलनामा ८ प्रतिशतले बढेको छ । यो तथ्याङ्क यस वर्षको मार्चमा रेकर्ड गरिएको ८.३ प्रतिशत वृद्धिबाट सामान्य कमी हो ।
मार्चमा १.१ प्रतिशत वृद्धिको तुलनामा अप्रिलमा चीनको पीपीआई ०.६ प्रतिशतमा पुगेको छ । एनबीएसका वरिष्ठ तथ्याङ्कशास्त्री डोङ लिजुआनका अनुसार उच्च अन्तर्राष्ट्रिय वस्तुको मूल्यमा आएको वृद्धिका बावजुद सबै क्षेत्र र सरकारी विभागहरूले आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्ने नीतिहरूको दृढ कार्यान्वयनका कारण पीपीआईको मासिक तथा बार्षिक वृद्धि दरमा शितलता देखिएको हो ।
सर्वेक्षण गरिएका ४० औद्योगिक क्षेत्रहरूमध्ये २२ ले अप्रिलमा मूल्य वृद्धिमा कमी आएको बताएका छन् । यो तथ्याङ्कले मार्चको तुलनामा अप्रिलमा एक अङ्कको सुधार देखाएको छ ।
अप्रिलमा कोइला खानी तथा कपडा धुने उद्योगको पीपीआई ५३.४ प्रतिशतले वृद्धि भएको छ । मार्चमा यो क्षेत्रमा ५३.९ प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्रिय बीमा कम्पनी ९च्द्यऋी० ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा २६।९२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २७ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २६.६७ प्रतिशतले बढेर २४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १९ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत १५ करोड १९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १२ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६० करोड १५ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७१ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १३४५ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात १३३.०५ गुणा रहेको छ ।
प्रतिक्रिया