कासठमाडौं - सूर्या लाइफ र एशियन लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।
सूर्या लाइफ
सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १५ करोड ६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा २४ करोड ४८ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा ३८ प्रतिशतको गिरावट आएको छ।
कम्पनीले ९ महिनाको अवधिमा ३ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन ११.९४ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिमा कम्पनीले ३ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले समिक्षा अवधिमा ३ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १० प्रतिशतले बढेको हो ।
यस अवधिमा कम्पनीले ७२ करोड ९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा छ भने प्रति शेयर नेट्वर्थ १२० रुपैयाँ ३१ पैसा छ ।
२ अर्ब ५५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५९ करोड ४६ लाख रकम छ भने जीवन बीमा कोषमा १३ अर्ब ३५ करोड रकम रहेको छ । जीवन बीमा कोष ३३ प्रतिशतले वृद्धि भएको छ ।
एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा १८ करोड ४० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा १८ करोड २१ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा १ प्रतिशतको वृद्धि देखिएको छ ।
कम्पनीले ९ महिनाको अवधिमा ५ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १२.४६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वषको सोही अवधिमा कम्पनीले ४ अर्ब ६३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
२ अर्ब ५३ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४२ करोड ८२ लाख रकम छ भने जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड रकम रहेको छ । जीवन बीमा कोष २१ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ६६ पैसा छ भने प्रति शेयर नेट्वर्थ १२१ रुपैयाँ ५७ पैसा छ ।
प्रतिक्रिया