काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा ९ करोड ५५ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा ५० प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले ९ महिनाको अवधिमा २ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
कुल बीमा शुल्क आर्जन २८ दशमलव २० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ३४ लाख रकम छ भने जीवन बीमा कोषमा ३ अर्ब ३६ करोड रकम रहेको छ । जीवन बीमा कोष ५४ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया