जेठ १ गते सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने

३ बर्ष अगाडि

काठमाडौं - जेठ १ गते आइतबार सार्वजनिक बिदा दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी आउँदो आइतबार आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो । विकास ऋणपत्र २०८३ ‘ख’ को छैटौँ किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीका लागि आउँदो आइतबार आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार उक्त दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया