कस्तो छ लक्षमी बैंकको हिसाब किताब, प्रतिशेयर आम्दानी कति हेनोस् विवरण

७ बर्ष अगाडि

काठमाडौं – लक्ष्मी बैंकले आफ्नो नाफामा रु १६ करोड वृद्धि गरेको छ । बैंकले २०७४ पुसको तुलनामा ७५ पुस मसान्त अवधीमा आफ्नो नाफा रु १६ करोडले बढाएर रु ६७ करोड पुरयाएको हो । २०७४ पुस मसान्तमा बैंकको नाफा रु ५१ करोड मात्रै थियो ।

लक्ष्मी बैंकले असोजदेखि पुस मसान्त अवधीमा निक्षेप र कर्जा लगानी रु ६.६ अर्बले वृद्धि गरेको छ । बैंकलेरु  ६९ अर्बमा रहेको निक्षेपलाई रु ७५ पुर्याएको छ भने रु ६४ अर्बको कर्जा लगानीलाई रु ७० अर्ब पुर्याएको छ ।

लक्ष्मीले पुस मसान्त अवधीमा रु १ अर्ब ४५ करोड ब्याज आम्दानी गर्न सफल भएको छ जुन गत पुसको भन्दा रु ४३ करोडले बढि हो । रु ८ अर्ब २२ करोड चुक्ता पुँजी रहेको लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ४४ करोड रुपैंयाँ रहेको छ ।

लक्ष्मीले आफ्नो सिडी रेसियो ७७.५६ प्रतिशतमा कायम राखेको छ भने कष्ट अफ फण्ड ७.६८ प्रतिशत बनाएको छ । १.११ प्रतिशत खराब कर्जा भएको बैंकको आधार ब्याजदर १०.३६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी भने रु १७.७१ छ जुन गत पुस मसान्तमा रु १३.३८ थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया