आज १३ अर्ब १८ करोड ५ लाखको ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज १३ अर्ब १८ करोड ५ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले जेठ ३ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो । 

राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल आउँदो साउन ३१ गते परिपक्व हुनेछ । यसैगरी बैंकले १८२ का लागि ९ अर्ब ८५ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल भने आउँदो कात्तिक २९ गते परिपक्व हुनेछ ।

बैंकले २०८० जेठ २ गते परिवक्व हुने गरी ३६४ दिने १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ । ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया