प्रभु लाइफ इन्स्योरेन्सले ९ महिनामा आर्जन गर्‍यो १ अर्ब १३ करोड बीमा शुल्क, नाफा कति ?

३ बर्ष अगाडि

काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १० करोड १३ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा १३ करोड ७८ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा २६ प्रतिशतको गिरावट आएको छ ।

कम्पनीले ९ महिनाको अवधिमा १ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।  कुल बीमा शुल्क आर्जन ३४.२९  प्रतिशतले वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीले १ अर्ब १३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

२ अर्ब  चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४५ करोड ५४ लाख रकम छ भने जीवन बीमा कोषमा २ अर्ब ७१ करोड रकम रहेको छ । जीवन बीमा कोष ५३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा छ भने प्रति शेयर नेट्वर्थ १२४ रुपैयाँ ५६  पैसा छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया