सरकारले तोकेको हिस्सा अस्वीकार नगर्न पुनर्बीमा कम्पनीहरुलाई समितिको निर्देशन

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले पुनर्बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुबाट प्राप्त सरकारले तोकेको हिस्सा अस्वीकार नगर्न निर्देशन दिएको छ । समितिले बुधबार पुनर्बीमा कम्पनीहरुलाई सर्कुलर जारी गरी उक्त निर्देशन दिएको हो ।

समितिले पुनर्बीमा कम्पनीहरुलाई बीमकबाट प्राप्त सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा पुनर्बीमा कम्पनीले कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने व्यवस्था गरेको हो ।

बीमकले ट्रिटी पुनर्बीमा अन्तर्गत पुनर्बीमा गर्दा सरकारले निर्धारण गरेको प्रत्यक्ष हिस्सा वापतको हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरेपश्चात बाँकी रहेको हिस्साको प्रथम वर्ष कम्तिमा १५ प्रतिशत र दोस्रो वर्षदेखि कम्पनीमा २० प्रतिशत पुनर्बीमा प्रत्येक पुनर्बीमा कम्पनीलाई प्रदान गर्नुपर्ने समितिले जनाएको छ ।

यात्रा तथा स्वास्थ्य बीमा बाहेक मोटर बीमा, कृषि बीमा, लघु बीमा तथा विविध बीमालाई स्वदेशमै शत प्रतिशत पुनर्बीमा गर्नुपर्ने समितिले जनाएको छ । फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सम्पुर्ण फ्याकल्टेटिभ पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीलाई नै गर्न प्रस्ताव गर्नु पर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया