काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको छ ।
कम्पनीले फिरफिरे ७ तनहुँ घर भै हाल पोखरा महानगरपालिका वडा नं. ११ , माटेपानी निवासी कुशल व्यापारी तथा समाजसेवी ओम प्रकाश गुरुङको घरमै गएर ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
बीमितको असामयिक निधन भएकोमा कम्पनीले उक्त दाबी भुक्तानी रकम निजको श्रीमती लाल कुमारी गुरुङलार्ई कम्पनीका गण्डकी प्रदेश प्रमुख कृष्ण प्रसाद लम्साल तथा पोखरा शाखाका शाखा प्रमुख कुशल सिंह थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया