काठमाडौं- जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक उक्त वित्तिय विवरण अनुसार चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २९.४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ३६ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि १४.७८ प्रतिशतले बढेर १९ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १६ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ११ करोड ६९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १६ करोड ७४ लाख रुपैयाँ, बीमा कोषमा १९ करोड ४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनी प्रतिशेयर आम्दानी १० रुपेैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानी अनुपात ५१.३९ गुणा रहेको छ ।
प्रतिक्रिया