काठमाडौं- बैंकहरूको निक्षेप संकलन ५ अर्बले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख २४ गते बैंकहरूको निक्षेप ४९ खर्ब ४४ अर्ब रूपैयाँ रहेकोमा वैशाख २६ गतेसम्म ५ अर्बले बढेर कुल ४९ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि २ अर्बले बढेर ४३ खर्ब ७५ अर्ब पुगेको छ ।
बैंकहरूको कर्जा लगानी एक अर्बले बढेर ४१ खर्ब ९२ अर्ब रूपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब २४ अर्ब पुगेको छ ।
बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.५७ प्रतिशतबाट घटेर ९०.५० प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया