९ महिनामा आईएमई लाइफको नाफा १० करोड माथि, कति बीमाशुल्क संकलन कति ?

३ बर्ष अगाडि

काठमाडौं, आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल २ अर्ब ४४ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा २९ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल १ अर्ब ८९ करोड बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले हालसम्म भने कुल  ८ अर्ब ९ करोड बीमाशुल्क आर्जन गरेको छ। 

कम्पनीले चालू आवमा १० करोड १९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा यो नाफा १.८६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा १० करोड १ लाख नाफा कमाएको थियो ।

गत आवको तेस्रो त्रैमाससम्ममा १४ करोड ६ लाख आम्दानी गरेको उक्त कम्पनीले चालू आवमा बढेर रू। १६ करोड २२ लाख आम्दानी गरेको हो । कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले जगेडामा भने ६० करोड ८८ लाख सञ्चित गरेको छ ।

त्यसैगरी जीवन बीमा कोषमा ४ अर्ब २४ करोड रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया