रु.१ अर्ब १० करोडको ऋणपत्र निष्कासन गर्दै बैंक अफ काठमाण्डु, दियो सेबोनमा निवेदन

४ बर्ष अगाडि

काठमाडौं- बैंक अफ काठमाण्डुले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । 

कम्पनीले रु.१ अर्ब १० करोड बराबरको बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा वैशाख २६ गते निवेदन दिएको हो । 

विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ७ वर्षका लागि वार्षिक १०.५ प्रतिशत ब्याजदरमा बिओके डिबेञ्चर २०८६ नामक ऋण्णपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । 

सेबोनमाबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया