पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित र निको हुनेको संख्या कति ?

३ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १६ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६६ हजार ८३९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५२ जनाको ज्यान गुमाइसकेका छन् । 

नेपालमा अहिले १८७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा ११ हजार ५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया