काठमाडौं- काठमाडौं श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेड आईपीओ निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि वैशाख २२ गते बोर्डमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । कम्पनीले हालसम्ममा १० वटा जिल्लामा ३३ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया