सानिमा जनरलको नाफा बढेर साढे १० करोड करोड पुग्यो, प्रतिशेयर आम्दानी र अन्य वित्तिय अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं-सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक उक्त वित्तिय विवरण अनुसार चालु आवको चैत मसान्तसम्ममा कम्पनीले १० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८०.५४ प्रतिशतले बढी हो ।गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ८१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ६०.६८ प्रतिशतले बढेर २२ करोड २४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत १३ करोड ७८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १३ करोड २९ लाख रुपैयाँ, बीमा कोषमा १४ करोड ५२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड १६ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनी प्रतिशेयर आम्दानी १४ रुपेयाँ, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.१४ गुणा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया