सार्वजनिक बिदा : विद्यालय पनि सातामा दुई दिन बिदा दिइने,वर्षमा अधिकतम ३० दिन मात्रै

३ बर्ष अगाडि

काठमाडौं- जेठ १ गतेबाट निजी र सरकारी विद्यालय पनि सातामा दुई दिन बिदा हुने भएको छ । 

वैशाख १३ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको थियो । 

यस्तै, आज (बुधबार) बसेको शिक्षा मन्त्रालयको बैठकले पनि जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालय बिदा दिने औपचारिक निर्णय गरेको हो । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको मन्त्रालयले जनाएको छ ।

यसका साथै, अब हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया