काठमाडौं- चैतमा ९३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स नेपाल भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँक अनुसार चैत महिनामा मात्रै नेपालमा ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत फागुन महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
फागुन अन्तिमसम्ममा ६ खर्ब ३१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चैतअन्तिमसम्म्मा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्याँकले देखाएको छ । तर यो गत वर्षको यसै अवधिको तुलनामा भने ०.६ प्रतिशतले कम हो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या बढेर २ लाख ५६ हजार ०३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले बढेर २ लाख ०६ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले घटेर ८ खर्ब ८ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया