काठमाडौं-सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (बुधबार) सम्पन्न भएको छ । कम्पनीको सभा आज लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौँमा सम्पन्न भएको हो ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
सभा मार्फत बोनश शेयर बितरण गर्दा कायम हुन आउने दशमलवपछिको अङ्कलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने, प्रवन्धपत्रको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी दुई अर्बबाट बृद्धि गरी ५ अर्ब कायम गर्ने र दफा ५ को उपदफा २ पछि उपदफा २.१ थप गरी सो उपदफामा चुक्ता पूँजीको व्यवस्था गरी कम्पनीको चुक्ता पूँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार कायम गर्ने प्रस्ताव पारित भएको छ ।
त्यसैगरी, सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश गरिएको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७७र/०७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको निर्णय गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिएको छ ।
कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा शोभा श्रेष्ठलाई गरिएको नियुक्ती पनि सभाले अनुमोदन गरेको छ ।
प्रतिक्रिया