उकालो लाग्ने यात्रामै पकड जमाएर ५६ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

४ बर्ष अगाडि

काठमाडौं,साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजारमा रौनकता कायमै छ । आइतबारदेखि उकालो लागेको शेयर बजारले उकालो लाग्ने यात्रामै पकड जमाएर आज पनि भारी अंकले भारी चढेको छ ।

कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्ञ्च(नेप्से) परिसुचक ५६.०६ अंकले बढेर २३६९.०६ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक २.४२ प्रतिशतले बढेको हो ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा २२९ आएका कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुदाँ अरुण भ्याली हाइड्रोपावर को सर्वाधिक कारोबार भएको छ । सो कम्पनीले १० करोड  ५९ लाख बढीको कारोबार गरेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूह बढेको छ । 

आज नेप्सेमा ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स,सिनर्जी पावर डेभलपमेन्ट,राधी जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया