बुधबार अरुण भ्यालीसहित यी १० कम्पनीले गरे सर्वाधिक कारोबार, कुनको कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजारमा रौनकता कायमै छ । आइतबारदेखि उकालो लागेको शेयर बजारले उकालो लाग्ने यात्रामै पकड जमाएरे आज पनि भारी अंकले भारी चढेको छ ।

कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्ञ्च(नेप्से) परिसुचक ५६.०६ अंकले बढेर २३६९.०६ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक २.४२ प्रतिशतले बढेको हो ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा २२९ आएका कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुदाँ अरुण भ्याली हाइड्रोपावर को सर्वाधिक कारोबार भएको छ । सो कम्पनीले १० करोड  ५९ लाख बढीको कारोबार गरेको छ । 

यस्तै,ङादी ग्रुप पावरको ८ करोड ७३ लाख,राधी जलविद्युतको ७ करोड ६२ लाख, शिवम् सिमेन्टको ६ करोड ७५ लाख र नेशनल हाइड्रोपावरको ५ करोड ८० लाख बढीको शेयर कारोबार भएको छ । 
 


 

४ बर्ष अगाडि

प्रतिक्रिया