काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजारमा रौनकता कायमै छ । आइतबारदेखि उकालो लागेको शेयर बजारले उकालो लाग्ने यात्रामै पकड जमाएरे आज पनि भारी अंकले भारी चढेको छ ।
कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्ञ्च(नेप्से) परिसुचक ५६.०६ अंकले बढेर २३६९.०६ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक २.४२ प्रतिशतले बढेको हो ।
आज नेप्सेमा ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स,सिनर्जी पावर डेभलपमेन्ट,राधी जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
यस्तै,गणपति लघुवित्त र युनियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यसैगरी, बरुण हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशत र फारवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य ९.६१ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया