काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजारले उकालो यात्रालाई नै पकड बनाएको छ ।
उकालो लागेको बजारमा कारोबार सुरु भएको लगभग सवा तीन घण्टाको अवधीमा ५ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज सो अवधीसम्ममा सिनर्जी पावर डेभलपमेन्ट,राधी जलविद्युत कम्पनी र जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने युनियन हाइड्रोपावरको ९.९९ प्रतिशत र बरुण हाइड्रोपावरको ९.९८ प्रतिशतले शेयरमूल्य बढेको छ ।
प्रतिक्रिया