काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजारले उकालो यात्रालाई नै पकड बनाएको छ ।
उकालो लागेको बजारमा कारोबार सुरु भएको तीन घण्टाको अवधीमा राधी जलविद्युत कम्पनीको सर्वाधिक कित्ता शेयर खरिद बिक्री भएको छ । कम्पनीको १ लाख ४४ हजार ४४४ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँ कम्पनीले ७ करोड ५० लाख १४ हजार ५५१ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
सो अवधीसमम्ममा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.६६० पुगेको छ ।
प्रतिक्रिया