जेठ महिनामा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने सहमति

३ बर्ष अगाडि

जेठ महिनामा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने सहमति गरेका छन्। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को मंगलबार बसेको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेको हो। फागुनमा ब्याजदर बढाएका बैंकहरुले चैत र वैशाखमा पनि ब्याजदर स्थिर राखेका थिए। अ

सरकारको विकास खर्च र निर्वाचनको खर्च बढेसँगै तरलता पनि केही सहज हुन थालेकोले ब्याजदर स्थिर राख्ने सहमति भएको छ । 

यो सहमतिसँगै अब वाणिज्य बैंकहरुको जेठका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज कायम हुने भएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया