काठमाडौं,ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । लघुवित्तले चालु आवको चैत मसान्तसम्म २८ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म लघुवित्तले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६.२८ प्रतिशतले बृद्धि भएर ९१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत आवमा लघुवित्तको यस्तो आम्दानी ८६ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिसम्म संस्थाको संचालन मुनाफा ४०.५५ प्रतिशतले बृद्धि भएर ४१ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आवमा संस्थाको संचालन मुनाफा २९ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
यस्तै,लघुवित्तले चैत मसान्तसम्म ६ अर्ब ८४ करोड रुपैयाँ ६५ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन तथा १४ अर्ब १३ करोड ५७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिसम्म संस्थाको चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ६३.९९ प्रतिशतले बढाएर १ अर्ब २२ करोड ८९ लाख रुपैयाँ संचित गरेको छ ।
लघुवित्तको समिक्षा अवधिसम्म वार्षिकी प्रतिशेयर आम्दानी ३८.४७ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ २२५.०५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया