महुली लघुवित्त  सर्वसाधारणका लागि बिक्रीमा ल्यायो संस्थापक शेय, कति कित्ता

३ बर्ष अगाडि

काठमाडौं - आजदेखि महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २५ हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । 

कम्पनीले गत चैत १७ गते विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी शेयर बिक्रीमा ल्याएकोमा विद्यमान संस्थापकबाट उक्त शेयर खरीद गर्न कुनै निवेदन नआएकोले सर्वसाधारणमा शेयर बिक्री खुल्ला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान सर्वसाधारणले आजको मितिले ७ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा निवेदन आग्रह गरेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया