हिमालयन बैंकको नाफा १ अर्ब ३६ करोड, प्रतिशेयर आम्दानी कति ?

७ बर्ष अगाडि

काठमाडौं– हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा खुदनाफा २३.६१ प्रतिशत बढाएको छ ।

गत पुससम्म बैंकले रु १ अर्ब ३६ करोड ७० लाख नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिममा बैकले रु १ अर्ब १० करोड ५८ लाख नाफा गरेको थियो ।

बैंकले आज  सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा २६ करोड ११ लाख रुपैयाँ बढेको छ ।

समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी रु २ अर्ब ४९ करोड ३४लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ब्याज आम्दानी रु १ अर्ब ८६ करोड ९५ लाख रुपैयाँ थियो ।

बैंकको निष्क्रिय कर्जा १.२५, निक्षेप लागत ६.१४, कर्जा निक्षेप अनुपात ७८.४५ र आधार दर ९.११ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी ३२ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले रु १ खर्ब ६ अर्ब १० करोड निक्षेप परिचालन गरेर रु ९८ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु ९२ अर्ब ६३ करोड निक्षेप संकलन गरेर ८२ अर्ब ८ करोड कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर रु ६ अर्ब ६ करोड ६० लाख पुगेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया