जाल्पा सामुदायिक लघुवित्तको वित्तीय अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७.४३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६४.८४ प्रतिशत बढेको छ । 

त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ९१.९४ प्रतिशत बढेको छ । नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ८६ पैसा घटेर ७२ रुपैयाँ २ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो ।

चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४१ रुपैयाँ २८ पैसा रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया