गुराँस लाइफको मुनाफा २६ प्रतिशले बढ्दा घट्यो बीमा शुल्क आर्जन, दाबी भुक्तानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा २६ प्रतिशलते बढेको छ । 

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा १६ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड ४२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

मुनाफा बढे पनि खुद बीमा शुल्क आर्जन भने २२ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा २ अर्ब ३५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा गत वर्षको यहि अवधिमा तीन अर्ब आर्जन गरेको थियो ।

अभिकर्ताले जीवन बीमा व्यवसाय भित्र्याए बापत २८ करोड १३ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा उनिहरुले ४५ करोड तीन लाख रुपैयाँ बुझेका थिए ।

कम्पनीको जीवन बीमा कोष १९ प्रतिशतले बढेको छ । यस्तो कोषमा १२ अर्ब ६ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा १० अर्ब ११ करोड रुपैयाँ थियो ।

खुद दाबी भुक्तानीमा पनि उल्लेख्य बृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमाशिक अवधिमा एक अर्ब १६ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२८ रुपैयाँ छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया