काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा एक अर्ब नाघेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा कम्पनीको जगेडा कोषमा एक अर्ब रुपैया रहेको छ । गत वर्षको यहि अवधिमा ८२ करोड ३२ लाख रुपैयाँ थियो ।
त्यस्तै खुद बीमा शुल्क आर्जन पनि २४ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा २ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा अभिकर्ताले ४२ करोड ८० लाख रुपैयाँ कमिशन बुझेका छन् ।
स्थापनाकालदेखि हालसम्म ९ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको कम्पनीको जीवन बीमा कोषमा भने ४ अर्ब १८ करोड रुपैयाँ मात्रै छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा भने ६ अर्ब एक करोड रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले ५४ करोड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने २० रुपैयाँ छ ।
यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन १५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ८४ करोड थियो ।
त्यस्तै मुनाफा पनि ८२ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले १२ करोड ४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ६ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
खुद दाबी भुक्तानीमा पनि उल्लेख्य बृद्धि भएको छ । कम्पनीले समिक्षा अवधिमा मात्रै ५४ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ताले यस अवधिमा ३३ करोड ९० लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ३७ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा तीन अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षमा २ अर्ब २६ करोड रुपैयाँ थियो ।
प्रतिक्रिया