नेशनल माइक्रोफाइनान्स लघुवित्तको ९ महिनामा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बढ्न पुग्यो नाफा

३ बर्ष अगाडि

काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वषको ९ महिनासम्ममा ३३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनी सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

वित्तिय विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.५१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३६.०१ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३५.१८ प्रतिशत बढेको छ ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ ४४ पैसा घटेर ७६ रुपैयाँ ५५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७।७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७५ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८३.६३ प्रतिशत बढेको छ भने जगेडा कोष ७८.४८ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ३६.६७ प्रतिशत, निक्षेप ४९.५७ प्रतिशत र कर्जा ४६.५९ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया