काठमाडौं - तीन इन्स्योरेन्स कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिना सम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन् । मेट लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सले वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।
मेट लाइफ इन्स्योरेन्स
मेट लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ३० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा १८ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २५ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको यस वर्ष खुद बीमा शुल्क आर्जनमा पनि गिरावट आएको छ । कम्पनीले ९ महिनामा तीन अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको थियो ।
जीवन बीमा कोष भने ५.६५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको जीवन बीमा कोषमा २० अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिम १९ अर्ब १६ करोड रुपैयाँ थियो ।
दाबी भक्तानीमा पनि सामान्य बृद्धि भएको छ । तीन अर्ब २ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गरेको थियो । अभिकर्ताले ९ महिनामा ३८ करोड ७ लाख रुपैयाँ प्राप्त गरेका छन् । कम्पनीको जगेडा कोषमा भने २ अर्ब ६४ करोड रुपैयाँ जम्मा भएको छ ।
जनरल इन्स्योरेन्स
जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा २९.५५ प्रतिशतले बढेको हो ।
यस अवधिमा कम्पनीको बीमा कोषमा १९ करोड ४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८ करोड ८४ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । समिक्षा अवधिमा १९ करोड १२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनील १६ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १६ .८७ प्रतिशतले बढीको छ ।
समिक्षा अवधिमा कम्पनीले १० करोड ४७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १२८.१० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
आईएमई लाइफ इन्स्योरेन्स
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा २ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको थियो ।
मुनाफामा भने सामान्य सुधार देखिएको छ । समिक्षा अवधिमा कम्पनीले १० करोड १९ लाख रुपैया मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड रुपैयाँ थियो । खुद दाबी भुक्तानीमा भने उल्लेख्य बृद्धि भएको छ । चैत मसान्त भित्रमा कम्पनीले ६२ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जवकी गत वर्षको यहि अवधिमा ३४ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।
यस वर्ष अभिकर्ताले ३९ करोड ३९ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । बीमितले बीमालेख धितोमा राखेर भने ३३ करोड १२ लाख रुपैयाँ कर्जा लिएका छन् ।
तेस्रो त्रैमाशिक अवधिमा कम्पनीको जीवन बीमा कोष ७० प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा जीवन बीमा कोषमा ४ अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ थियो । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६० करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ ।
प्रतिक्रिया