४० अर्ब बराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक

७ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले रु १०० दरका ४० करोड थान नयाँ नोट छाप्ने भएको छ । त्यसका लागि बैंकले ग्लाबेल टेन्डर आह्वान गरेको छ ।

पहिलो पटक कात्तिक २९ गते आह्वान गरेको बोलपत्रमा कुनै पनि संस्थाले आवेदन नगरेपछि बैंकले बुधबार पुन: दोस्रो पटक डेन्डर खुलाएको हो ।

इच्छुक कम्पनीले फागुन ९ भित्र बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ । बोलपत्र खोलिएको १२० दिनसम्म म्याद रहने छ ।

बोलपत्रका लागि रु ३ करोड १० लाख जम्मा गर्नुपर्ने बैंकले जनाएको छ । बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा फागुन ९ गते खोलिने छ । योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया