काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १० करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । काम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा गत आर्थिक वर्षक सोही अवधिको तुलनामा १७.४७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
१ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २२ करोड ९५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २८ करोड ६६ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको छ ।
यस अवधिमा कम्पनीको बीमा कोषमा ६७ करोड ४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६० करोड ७४ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । समिक्षा अवधिमा २७ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनील २१ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २५.१५ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनीले ११ करोड ६४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी २८ दशमलव ३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १७८ रुपैयाँ ३१ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४९.३६ गुणा रहेको छ ।
प्रतिक्रिया