नेपाली रुपैयाँ हालसम्मकै कमजोर

३ बर्ष अगाडि

काठमाडौं - अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । भारतीय मुद्रा अमेरीकी डलरको तुलनामा कमजोर भए पछि त्यसको असर नेपाली मुद्रामा देखिएको हो ।

अमेरीकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा मंहगी झनै बढ्ने खतरा बढेको छ । पछिल्लो समयमा मूल्यवृद्धि बार्षिक ७.१७ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो भएपछि आयातका लागि धेरै नेपाली मूद्रा खर्चेर डलरमा आयात गर्नु पर्दा मूल्य वृद्धि बढ्ने जोखिम बढेको हो ।

पछिल्लो समयमा विदेशी मुद्रा सञ्चितिमा परेको दवाब कम गर्नका लागि सरकारले आयात निरुत्साहित गर्ने नीति अबलम्बन गरेको छ । त्यसले गर्दा आयात केही कमी भएको पनि छ । 

मंगलबार एक अमेरिकी डलर खरिद गर्दा १२३ रुपैयाँ ६५ पैसा खर्चनु पर्ने भएको छ । त्यसैगरी एक डलर बिक्री गर्दा १२४ रुपैयाँ २५ पैसा लागत पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसभन्दा अघि नेपाल राष्ट्र बैंकले सन २०२० मार्च १७ गते एक अमेरिकी डलर खरिद गर्दा १२२ रुपैंया ६८ पैसा र बिक्री गर्दा १२३ रुपैंया २८ पैसा कायम गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया