शिवम् सिमेन्ट्सको वित्तीय विवरण सार्वजनिक, खर्च बढ्दा नाफा घट्न पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको ९ सम्ममा कम्पनीले ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी घटेसँगै खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १.३८ प्रतिशत घटेको छ भने कुल आम्दानी १.४० प्रतिशत बढेको छ। यता कम्पनीको कुल खर्च ६.९४ प्रतिशत बढेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १३ रुपैयाँ १९ पैसा घटेर १९ रुपैयाँ ८४ पैसामा झरेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया