काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६२.८७ प्रतिशत बढेको छ भने कुल आम्दानी ३०.८४ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा ३२.८३ प्रतिशत बढेको छ ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३६ पैसा घटेर ७ रुपैयाँ ७१ पैसामा झरेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.५८ गुणा रहेको छ ।
कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा ६५ प्रतिशत बढेको छ भने जगेडा कोष ६४.०२ प्रतिशत बढेको छ ।
प्रतिक्रिया